२४ घन्टामा थपिए ३,९३८ संक्रमित, ३७ जनाकाे मृत्यु

काेराेना अपडेट

135

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ९ सय ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८ सय ७० आरटी पिसिआर र ६ हजार ५ सय ३८ एन्टिजेन गरी कुल १८ हजार ४ सय ८ जनामा परीक्षण गरिएकोमा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३१ हजार १ सय ८ जना हाेम आइसाेलेसनमा, ३ हजार ३ सय १४ संस्थागत आइसाेलेसनमा र ३ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय १३ जना र भेन्टिलेटरमा १ सय ५८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । निको हुने दर ९३.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...