बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६ बुँदे सहमति [पत्रसहित]

159

धरान । धारनस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले डा.कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । धरान पुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो ।

सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मान बहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस्तै, संघर्ष समितिका तर्फबाट संयोजक डा.एसपी रिमाल, सहसंयोजक डा.विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार सरकारलाई मंगलबार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐनको दफा ११(घ)मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्था उल्लेखित प्रक्रिया आजैबाट सुरू गर्ने, अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्नेलगायत छन् ।

प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतका निकायमा विचाराधिन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रिया अवस्था बुझी शीघ्र कार्य फर्स्यौटका लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवम् सहजीकरण गर्ने सहमति भएको छ ।

हेर्नुस् सहमतिका बुँदाहरू

Share This:
सम्बन्धित खबर
Loading...