राखेपद्वारा पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ‘विवाद समाधान छानबिन समिति’ गठन

293

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले वर्तामान अवस्थामा संघभित्र भएको विवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय ‘विवाद समाधान छानबिन समिति’ गठन गरेको छ ।

राखेपको कार्यकारी समितिको १९ साउन २०७८ को निर्णयअनुसार समितिको सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोज कुमार पोखरेल रहेका छन् । समितिका सदस्यहरुमा परिषद्का सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा पशिक्षण विभागका प्रमुख अर्जुन विक र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य रहेका छन् ।

परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले नवगठित समितिलाई ७ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको मिति २०७८ साउन १८ को पत्रबाट अखिल नेपाल फुटबल संघ(एन्फा)को वर्तमान अवस्थामा संघभित्र भएको विवाद समाधानका लागि छानबिन समिति गठन गर्न राखेपलाई अनुरोध भएकोमा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकले लाखेको संयोजकत्वमा विवाद समाधान छानबिन समिति गठन गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...