२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

146

वासिङ्टन । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।

उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्म सकिने भएकाले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।

अमेरिकामा रहेको रुसी दूतावासले सो कुरा जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टानोभले भनेका छन्,“हामीलाई आगामी सेप्टेम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।”

ती रूसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने राजदूत एन्टोलीले जानकारी दिए ।

उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्काल अरू कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए ।

Share This:
सम्बन्धित खबर
Loading...