पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राप्त सूचनाका आधारमा उक्त वडाका जित बहादुर तामाङ, कुल बहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनाश तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार पशु पन्छीसम्बन्धी कसूर गरेको आरोपमा उनीहरुलाई जिल्ला अदालतबाट ९ दिने म्याद लिइ अनुसन्धान थालिएको छ ।