आज ओली र नेपालबीच भेट हुन्छ : नेम्वाङ

332

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपालबीच भेट हुने बताएका छन् ।

“आज पार्टी अध्यक्ष र नेपालबीच भेट हुन्छ तर, समय भने टुंगो लागिसकेको छैन,” नेम्वाङले भने ।

तर, उता नेपाल पक्षका नेताहरुले भने भेटबारे अझै टुंगो नलागेको बताएको छ । नेपाल पक्षका नेता रघुजी पन्तले हिजो (सोमबार) पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालबीच भेट हुने भन्ने कुरा भएको हो तर, आजको भने थाहा नभएको पन्तले बताए ।

यसैगरी, नेपाल पक्षमा नै रहँदै आएका अर्का नेता सुरेन्द्र पाण्डेले पनि एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट हुने भन्ने कुरा सामान्यरुपमा बाहिर आएको तर समयको टुंगो नलागेको बताए ।

पछिल्लो समय अध्यक्ष ओलीले पार्टीको आन्तरिक विवाद वार कि पार लगाउन निर्देशन दिएका थिए । एमाले वरिष्ठ नेता नेपालले पनि पछिल्लो समय सरकारमा सहभागी हुनेभन्दा पनि पार्टी एकतालाई नै जोड दिएको जनाइएको छ ।

पार्टी अध्यक्ष ओलीसँगको भेटअघि नेता नेपालले संस्थापन पक्षका सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेलसँग भेट गरिसकेका छन् । यही अवस्थामा अध्यक्ष ओली र नेता नेपालबीच आज भेट हुने निश्चित भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...