कास्की । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १(ख)ले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सोमबार बन्दीपुरको डुम्रेमा स्वागत तथा सम्मान गरेको छ ।
पोखरा जाने क्रममा प्रदेश प्रमुख गुरुङलाई सो पार्टीले स्वागत तथा सम्मान गरेको हो ।
सो अवसरमा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने उल्लेख गर्दै अब आफू जनताको प्रतिनिधि भएकाले जनताकै चाहना अनुसारको जिम्मेवारी बहन गर्ने बताए ।