माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, मन्त्रीको टुंगो लगाउने तयारी

113

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय परिसडाँडामा बस्ने छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले बताए ।

आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ ।

यसअघि शनिबार प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो ।

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...