पूजाको प्रसाद खाँदा २८ जना बिरामी

155

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

गत साउन १४ गते पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।

उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले शनिबार बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन् । बिरामीमध्ये ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्ची ल्याइएको छ ।

अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन् । ‘फुड पोइजन’का कारण झाडापखाला लागेकाले ४८ घन्टासम्म सबै जना ठीक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...