जसपा संसदीय दलको बैठक सिंहदरबारमा जारी

127

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक जसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

बैठक बिहान ११ बजेलाई बोलाइए पनि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पुग्न ढिला भएपछि बैठक अबेर सुरु भएको हो ।

बैठकले संसदीय दलको नेता चयन गर्ने छ । निर्वाचन आयोगबाट जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलको नेता चयन गर्न लागिएको हो ।

निर्वाचनको एउटा प्रक्रिया पूरा गर्नुपर्ने भएकाले दलको नेता चयन गर्न लागिएको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...