गोकुल बास्कोटाले भने– माधव नेपाल समूह असन्तुष्टहरुको झुन्ड मात्रै हो

419

काभ्रे । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई असन्तुष्टहरुको झुन्डको संज्ञा दिएका छन् ।

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले कुण्ठा मात्रै बोकेको झुन्डको कुनै राजनीतिक एजेन्डा नहुने बताए ।

नेता नेपाल आफ्नै पार्टीको सरकारलाई कांग्रेस सभापति शेर बहादुर देउवाको हातमा सुम्पेको उनको आरोप छ ।

नेपालको यो कदमले इतिहासको मूल्य चुकाउनुपर्ने बास्कोटाको भनाइ छ । उनले अदालतले संविधानको उल्लङ्घन गरेर राजनीतिक फैसला गरेको टिप्पणी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...