जसपा आधिकारिकता विवाद : आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

279

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदातलमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ ।

निर्वाचन आयोगले पार्टी दर्ता भएको समयमा कार्यकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै सोमबार दुवै पक्षलाई उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुंगो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्थ ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।

तर, न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुर पक्षको मात्र तर्क सुनेर अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रेग्मीको इजलासले आज दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने÷विषयमा निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगले जसपा विवादमा निर्णय गरिसकेको छ । आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...