विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्ल्युएचओ

319

जेनेभा । विश्वभरि कोरोना भाइरसबाट संक्रमित साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भइरसबाट संक्रमित भएका थिए ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा वृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरि पाँच लाख ४० हजार संक्रमित भएका छन् । त्यसअघि ४ लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्ल्युएचओको भनाइ छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको संख्यामा पनि थोरै वृद्धि भएको डब्ल्युएचओका अधिकारीहरुले जनाएका छन् ।

डब्ल्युएचओले विश्वका १ सय ३२ देशमा कोरोना भइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १ सय ८२ देशमा, बेटा भेरियन्ट १ सय ३१ देशमा र गामा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्ल्युएचओले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...