भारतमाथि उत्कृष्ट जितसँगै श्रीलंकालाई टी–२० सिरिज

134

काठमाडौं । भारतविरुद्धको टी–२० सिरिज श्रीलंकाले जितेको छ । बिहीबार राति भएको खेलमा भारतलाई ७ विकेटले हराउँदै तीन खेलको टी–२० सिरिज २–१ ले कब्जा जमाएको हो ।

भारतले दिएको ८२ रनको सामान्य लक्ष्य श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । श्रीलंकाको जितमा धनाञ्जय डि सिल्भा र वनिन्डु हसरंगाले नटआउट २३ र १४ रनको योगदान दिए ।

यस्तै, मिनोद भानुकाले १८, अभिस्का फर्नान्डोले १२ तथा सदीरा समराविक्रमाले ६ रन जोडे ।

यसअघि कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ८१ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको भारतका लागि कुलदीप यादवले २३, भुवनेश्वर कुमारले १६ तथा रुतुराज गयकवाडले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेन ।

भारतलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वनिन्डु हसरंगाले ४, दसुन सनकाले २ विकेट लिए ।

भारतमाथिको जितसँगै श्रीलंकाले तीन खेलको टी–२० सिरिज २–१ ले जितेको छ । यसअघि भएको पहिलो खेलमा भारत ३८ रनले विजयी भएको थियो भने दोस्रो खेलमा श्रीलंका ४ विकेटले वियजी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...