ओलीसँग कुरा गर्न माधव नेपाललाई सुवास नेम्वाङको आग्रह

259

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता मावध कुमार नेपाललाई संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले भेटेका छन् । बिहीबार भएको भेटमा नेम्वाङले नेता नेपाललाई पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन् ।

दश बुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए । “एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् । एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेको छु,” नेम्वाङले भने ।

उनले आफूले भेटमा दश बुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको बताए । “दश बुँदे सहमति गरेका छौँ । यसलाई टुंगोमा पुर्‍याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,” नेम्वाङ्ले भने ।

जबाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए । “उहाँले ठीकै छ, छलफल गरौँला नि भन्नुभयो । अरुसँग पनि भेटघाट गर्छु भन्नुभएको छ,” नेम्वाङले भने ।

Share This:
सम्बन्धित खबर
Loading...