आफ्ना कार्यकर्तालाई मात्र सुटुक्क खोप लगाएको भन्दै मेयर पराजुलीविरुद्ध प्रदर्शन

415

विराटनगर । आफ्ना समर्थकलाई मात्र कोरोनाविरुद्धको खोप उपलब्ध गराएको भन्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध महानगर भवन अगाडि प्रदर्शन गरिएको छ ।

कोरोनाविरुद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीे प्रमुख पराजुलीले महानगरवासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन् ।

प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड देखाएर प्रदर्शन गरेका थिए ।

बुधबार राति कोरोनाविरुद्धको खोप बेकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका प्रमुख स्थानीयबाट लखेटिएका थिए ।

विराटनगर–५ मा आफ्ना समर्थक र कांग्रेस कार्यकर्तालाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रमुख पराजुलीलाई लखेटेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...