ठाकुरसहित १६ कार्यकारिणी सदस्य र ११ सांसद जसपाको कारबाहीमा [नामावलीसहित]

291

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट हटाउने निर्णय गरेको छ ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै यादव पक्षले १६ जनालाई कारबाही गरेको हो ।

गत साउन ११ गते बोलाएको हेड काउन्टमा रेशम चौधरी तटस्थ बसेकाले उनको पक्षमा भने केही निर्णय नहुने बताएको छ ।

१६ कार्याकारिणी सदस्य
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, केशव झा, जितेन्द्र सोनाल, निर्जला राउत, चन्दा चौधरी, वृजेशचन्द्र लाल, उमाकान्त झा, राजकुमार लेखी, सुनिल रोहित, दान बहादुर विश्वकर्मा र एकवल अहमद साह छन् ।

यस्तै ठाकुर पक्षमा रहेका सांसदहरुलाई पनि कारबाहीको तयारी भएको छ । यादव पक्षले ठाकुर पक्षमा रहेका ११ जना सांसद्हरुलाई हटाउने भएको छ ।

यी हुन् ठाकुर पक्षका सांसद्
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, एकवाल मिँया, चन्दा चौधरी, चन्द्रकान्त चौधरी, लक्ष्मणलाल कर्ण, निर्जला राउत, उमाशंकर अरगरिया र विमल श्रीवास्तव छन् ।

Share This:
सम्बन्धित खबर
Loading...