प्रदेश १ को नामाकरणका लागि मुख्यमन्त्री राईले सुरु गरे छलफल

451

विराटनगर । प्रदेश नम्बर १ को नामाकरणका लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् ।

प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन् । चालु अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थालेका हुन् ।

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तीव्रता दिएका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका हुन् ।

छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...