माइती नेपालको सहयोगमा भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार

478

झापा । विर्तामोड नगरपालिका–२ की दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया मन्दिरा बस्नेत र उनकी १५ वर्षीया बहिनी राधिका बस्नेतलाई उद्धार गरिएको हो । वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हात वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विर्तामोडकै लक्ष्मी दास र सुनसरी जिल्लाको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ताअघि भारतको मोतिहारीमा पुर्याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

गत साउन ४ गते ती युवती हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । भारत लैजाने लक्ष्मी र खुस्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...