टोकियो ओलम्पिक : एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान

344

काठमाडौं । जापानको राजधानीमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्दै स्वीमिङ प्रतिस्पर्धा गरेका एलेक्सजेन्डर गडेगार्ड शाहले १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेण्डको कीर्तिमान बनाएका हुन् ।

मंगलबार नौ वटा हिट चरण छन् । यसबाट शीर्ष १६ खेलाडी सेमिफाइनलमा स्थान बनाउँनेछन् ।

हिट–१ मा अन्य ६ खेलाडीसँगै प्रतिस्पर्धा गरेका एलेक्सले प्रथम स्थान हासिल गरेका थिए । यद्यपि, अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उनीभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेशको सम्भावना भने टुंगिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...