टोकियो ओलम्पिकमा एलेक्सले आज प्रतिस्पर्धा गर्दै

149

काठमाडौं । टोकियो ओलम्पिकमा पौडीबाट प्रतिस्पर्धा गर्न छनोट भएका नेपाली एलेक्स गडेगर्ड शाहको खेल आज छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेका एलेक्सको खेल दिउँसो पौने ४ बजे हुने छ ।

पौडीमा विभिन्न हिट चरण पार गरी अन्तिम चरणमा पुग्नुपर्ने हुन्छ । हिट चरणमा ८ खेलाडी हुने छन् । शीर्ष एक खेलाडीले दोस्रो चरणमा प्रवेश गर्ने छ ।

हालसम्म नेपालका कुनै पनि खेलाडीले पहिलो हिट नै पार गर्न सकेका छैनन् । यसपल्ट पनि एलेक्सले राष्ट्रिय कीर्तिमान सुधार्ने लक्ष्य लिएका छन् । हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन, आइल्यान्ड, गुयाना र प्यालेस्टाइनका खेलाडी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...