काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ ।
यादवका पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले निर्वाचन आयोगले उनैलाई आधिकारिकता दिएको हो ।
५१ सदस्यीय समितिमध्ये रेशम चौधरी तटस्थ बसेका थिए । पक्ष विपक्षमा भएका ५० जनामध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।
जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई बोलाएको थियो । आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई ‘हेट काउन्ड’ गरेको थियो ।