नारदमुनिले संसद् सचिवालयसँग मागे अडियो रेकर्ड : ‘मलाई बाहिर जा भन्ने माधव को हुन् ?’

261

काठमाडौं । नेकपा (एमाले) सांसद् नारदमुनि रानाले संसद् सचिवालयसँग अडियो रेकर्डिङ माग गरेका छन् । उनलाई एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालले बैठकमा हप्काउँदै राजीनामा दिएर निस्कन निर्देशन दिएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा निम्त्याइएका कैलाली–५ का सांसद् रानासँग वरिष्ठ नेता नेपालले राजनीतिक विवाद भएको थियो । संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

सांसद् रानाले माधव नेपालले आफूमाथि अभद्र व्यवहार गरेको बताए । संसदीय समिति बैठकको सबै रेकर्ड सुनेर कारबाही होस् भनी आफूले अडियो मगाएको उनको भनाइ छ ।

“माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ? संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौँ,” उनले भने ।

नेपालको अपमानपछि समितिमा माधव र नादरमनिबीच केहीबेर भनाभनसमेत भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...