तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने कांग्रेसको निर्णय

355

काठमाडौं । नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ ।

आज बसकेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनलगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।

केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताए ।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...