माधव निवासमै पुगेर प्रचण्डले भने– ओलीलाई महाराजधिराज भनेकोमा धन्यवाद

432

काठमाडौं । नेकपा (एमाले)को अन्तरिक एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता गराउने प्रयास विगत तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका छन् ।

मावध नेपाल निवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको छ । नेपाललाई भेटेर पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिन प्रायास भइरहेको बताए ।

माधव नेपालसँगको भेटमा प्रचण्डले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ दिएका छन् । केपी ओलीलाई महाराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डले बताए ।

“हिजो माधवजीले सही भन्नुभयो । महाराजधिराजले आममाफी दिनुभयो, हामी नाच्ने हो कि ! कति मज्जाले भन्नुभयो । बडो सुन्दर व्यङ्ग्यका लागि मैले आज माधवजीलाई भेटेरै धन्यवाद पनि दिए । गठबन्धन जोगाउन हामी प्रयासमै छौँ,” प्रचण्डले भने ।

Share This:
सम्बन्धित खबर
Loading...