माधव नेपालसहित एमालेका २२ जना सांसद्हरुले दिए स्पष्टीकरण

577

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेत माधव कुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई गत आइतबार विश्वासको मत दिएका नेपालसहित एमालेका २२ जना सांसद्ले स्पष्टीकरणको जबाफ पठाएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधनसहित दिएको जबाफमा सांसद्हरुले प्रतिनिधिसभा पुनःस्थापनापछि पार्टी विभाजन हुँदा संविधानको धारा ७६को (२) बमोजिम सरकार बन्न नसकेको बताएका छन् । “वास्तवमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिइ अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६को उपधारा ३ को सरकार बनाउनुपथ्र्यो,” जबाफमा भनिएको छ,“तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६(३) अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो ।”

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि नेपाल पक्षमा उभिएका २२ सांसद्लाई सर्वोच्च अदालतको असार २८ को परमादेश आकर्षित नहुने गरी पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले स्पष्टीकरण सोधेको थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्ण कुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, प्रेम बहादुर आले, धन बहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पा कुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, राम कुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन छन् ।

Share This:
सम्बन्धित खबर
Loading...