नेपाल पक्षले भन्यो– स्पष्टीकरण सोध्नुको कुनै अर्थ छैन

349

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको छ ।

बुधबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकबारे जानकारी दिँदै नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताए ।

“एकता प्रक्रिया अगाडि बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सबैको भनाइ रह्यो,” बैठकपछि पन्तले भने । बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउनेलगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ । “स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन,” माधव पक्षले भनेको छ ।

अदालतको फैसलामा सांसद्को विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेता पन्तले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पष्टीकरणको पत्र पुगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...