कुनै पार्टीको पुच्छर नबनी गुण र दोषका आधारमा राप्रपाको समर्थन वा विरोध : लोहनी

465

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी गुण र दोषको आधारमा राप्रपाले संसद्‌मा समर्थन वा विरोध गर्ने जनाएका छन् ।

“राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ । तर, राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन,” लोहनीले भने ।

“यही मान्यता अनुरुप संसद्‌मा विश्वासको मतदान हुँदा राप्रपा तटस्थ रह्यो,” लोहनीले ट्विट गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास मत प्रमाणित गर्ने समय राप्रपा तटस्थ बस्नुको नीति प्रष्ट पारे ।

अध्यक्ष लोहनीले भनेका छन्,“‘कुनै दलप्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रापाले संसदमा गुण–दोषको आधारमा समर्थन या विरोध गर्नेछ ।”

Share This:
सम्बन्धित खबर
Loading...