श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज भारतले जित्यो

337

कोलोम्बो । श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज भारतले जितेको छ । मंगलबार भएको खेलको श्रीलंकालाई ३ विकेटले पराजित गर्दै भारतले ३ खेलको श्रृङ्खला एक खेल अगावै आफ्नो पक्षमा पारेको हो ।

२ सय ७६ रनको लक्ष्य भारतले ५ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा दीपक चाहरले अलराउन्डर प्रदर्शन गरे । बलिङमा २ विकेट लिएका चाहरले ६९ रनको अटआउट पारी खेल्दै टोलीलाई जित दिलाए ।

राम्रो सुरुवात गरेपनि ओपनर पृथ्वी शाँलाई सस्तैमा गुमाएको भारतका लागि सूर्य कुमार यादवले ५३, मनिष पाण्डेले ३७, क्रुणाल पण्ड्याले ३५, शिखर धवनले २९, भुवनेश्वर कुमारले १९ रनको योगदान दिए ।

यसअघि कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले ९ विकेटको क्षतिमा २ सय ७५ रन बनाएको थियो ।

श्रीलंकाका चरिथ असलन्काले ६५, अविस्क फर्नाण्डोले ५०, चामिका करुणरत्नेले ४४, मिनोद भनुकाले ३६ तथा धनान्जय डि सिल्भाले ३२ रनको पारी खेलेपछि सम्मानजनक योगफल बनाएको थियो ।

भारतका युजवेन्द्र चाहल र भुवनेश्वर कुमारले ३–३ तथा दीपक चाहरले २ विकेट लिए ।

जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज २–०ले आफ्नो पक्षमा परेको छ । यअसघि भएको पहिलो खेलमा भार ७ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...