प्रचण्ड र माधव झिंगा मार्ने अभियानमा हिँड्नभयो : महेश बस्नेत

274

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल‘प्रचण्ड’ शेर बहादुर देउवाका पुच्छर भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई मंगलबार नयाँ बानेश्वरमा सम्बोधन गर्दै नेता बस्नेतले भने,“गाईभैँसी चराउन जाँदा झिंगाले टोक्छ अनि प्याट्ट हान्छ, त्यो पुच्छर त्यति अमार्यादित हुन्छ । त्यसको काम झिंगा मार्ने हो । आज प्रचण्ड र माधव शेर बहादुर देउवाको झिंगा मार्ने अभियानमा हिँडिरहेका छन् ।”

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाल–प्रचण्डहरु कांग्रेससको पुच्छर बनेको उनले बताए । एमालेका केही नेताहरु मन्त्री र फ्ल्याट पाइने लोभमा कांग्रेसको पछि लागेको समेत बताए ।

पार्टीभित्र गद्दारी गर्नेहरुले संविधान बचाउँन र सदन जोगाउन देउवालाई मत दिएको बताउनु गलत भएको उनको भनाइ छ । “कमरेड केपी शर्मा ओलीज्यूले विश्वासको मत मागिरहँदा संविधान र संसद् बचाउने साथीहरुले केपी ओलीलाई भोट हाल्ने हिम्मत गर्नुभएन । एमालेलाई भोट हालेर संविधान र संसद् बचाउँदा के हुन्थ्यो ? पार्टीको ह्विपविरुद्ध किन कांग्रेसमा भोट हाल्नुभयो ? देशी विदेशी शक्तिको साँढगाँढमा अन्य पार्टीको षड्यन्त्रमा किन काम गर्नुभयो ?” बस्नेतले प्रश्न गरे ।

नेपालको कम्युनिस्ट आन्दोलन समाप्त पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिरहेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...