गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मन्त्री खड्का

169

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा विस्तार गरिन लागिएको जानकारी दिएका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका–१६ द्वारा सोमबार आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले एक–दुई दिनमै पूर्णता पाउने बताए ।

सरकार थप विस्तार र हेरफेर सम्बन्धमा दलबीच सहमति भइसकेको उनले बताए । कार्यक्रममा पोखरा नगरपालिका–१६ का सभापति होम बहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्वइकाई सभापति शिवराज देवकोटालगायतले मन्त्री खड्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...