दोस्रो टी–२० मा इंग्ल्यान्ड विजयी

322

हेडिङ्गले । पाकिस्ताविरुद्धको दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्ड ४५ रनले विजयी भएको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ४५ रनले पराजित गर्दै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।

२ सय १ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा १ सय ५५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहम्मद रिजवानले ३७, शादाव खानले ३६, बाबर आजमले २२ तथा इमाद वासिमले २० रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन ।

इंग्ल्यान्डका साकिब महमूदले ३, मोइन अली र आदिल राशिदले समान २–२ विकेट लिए ।

हेडिङ्गलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्डले एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

इंग्ल्यान्डका जोस बट्लरले ५९, लियाम लिभिङ्स्टोनले ३८, मोइन अलीले ३६ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद हस्नैनले ३, इमाद वासिम र हरिस रौफले समान २–२ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले तीन खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान ३१ रनले विजयी भएको थियो ।

दुई टोलीबीचको निर्णायक टी–२० मंगलबार म्यानचेस्टरमा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...