प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ र विपक्षमा ८३ सांसद्

183

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् ।

विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तापको पक्षमा १ सय ६५ जना सांसद्हरुले समर्थन गरे ।

विश्वासको मतको विपक्षमा ८३ जना सांसद्ले मत दिएका छन् । एकजना सांसद् तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद् उपस्थित थिए । २१ जना सांसद् अनुपस्थित रहेका थिए ।

नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसद्हरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...