अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिनु उपयुक्त ठाने : भीम रावल

334

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले संसद् पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौँ अधिवेशन बस्नुअघि रावलले पदबाट राजीनामा दिएका हुन् ।

उनले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको बताए । राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि अधिकतम प्रयास गरेको उनले बताए । अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि प्रतिनिधिसभाबाट राजीनामा दिएको उनको भनाइ छ ।

अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको रावलको राजीनामा पत्रमा उल्लेख छ । पछिल्लो समय रावल पार्टी एकताका लागि गठित कार्यदलका सदस्य रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...