काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसद् योगेश भट्टराईले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।
उनको सचिवालयका अनुसार सांसद भट्टराईले देउवालाई विश्वासको मत नदिने भएका हुन् । देउवाले आज अपरान्ह ४ बजे संसदमा विश्वासको मत माग्दै छन् ।
सांसद् भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने कुरामा भने साथ दिएका थिएनन् । देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै राष्ट्रपतिसमक्ष पेस गरको दाबीमा पनि योगेशले हस्ताक्षर गरेका थिएनन् ।