काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्विप जारी गरेको हो ।
कांग्रेस सचेतक पुष्पा भुसालले गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको बताइन् ।