काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षीय संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
जसपाको तत्काल कायम रहेको सांसद् संख्याको बहुमत सांसद् सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद् मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षमा बस्ने निर्णय गरेको जानकारी दिए ।
उनकाअनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने बैठकले निर्णय गरेको छ । जसपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा टुंगो लागेको छैन । आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र ३ दिनभित्र निर्णय आउने जनाइएको छ ।
जसपाको दुवै सदनमा सांसद्को संख्या ३५ छ । प्रतिनिधिसभाका ३२ र राष्ट्रियसभाका ३ सांसद् छन् ।