मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

181

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई सोमबार कोरोना संक्रमण भएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

साथै उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाइ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...