काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाइएको छ । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ ।
बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोटलगायतका विषयमा पनि छलफल हुने छ ।