टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान एउटै समूहमा

438

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार आइसिसीले पहिलो चरण तथा सुपर–१२ को खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएइ र ओमानमा हुने छ । पहिलो चरणको खेलको समूह ‘ए’मा श्रीलंका, नेदरल्यान्ड्स, आयरल्यान्ड र नामिबिया तथा समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । पहिलो चरणका शीर्ष टोलीले सुपर–१२ मा स्थान बनाउने छन् ।

सुपर–१२ मा १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । समूह ‘बी’मा रहेको भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणबाट आउने समूह‘ए’को उपविजेता र समूह ‘बी’को विजेताले खेल्ने छ ।

समूह ‘ए’मा डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिज, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, समूह‘ए’को विजेता र समूह ‘बी’को उपविजेताले प्रतिस्पर्धा गर्ने छन् ।

भारतमा आयोजना हुने तय भएको २०२१ को टी–२० विश्वकप भारतमा बढ्दो कोरोना महामारीका कारण युएइ र ओमानमा सारिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...