रचनात्मक प्रतिपक्षमा रहन्छौँ : ओली

390

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु आवेग र उत्तेजनामा नआउने बताएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षतामा गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरु सक्रिय एवम् रचनात्मक प्रतिपक्षमा रहने बताए ।

राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्मााण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने उनको प्रतिवद्धता छ ।

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने उल्लेख गर्दै कार्यान्वयनमा जान अघि बढ्ने बताए । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल निकट नेता अनुपस्थित रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...