एआइजी सरुवा रोक्न गृहबाट निर्देशन आएको छैन : प्रवक्ता कुँवर

259

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा रोक्न निर्देशन नआएको स्पष्ट पारेको छ ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एआइजीको सरुवा कार्यान्वयन नगर्न भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको खबर बाहिरिएको थियो। तर, प्रहरी प्रधान कार्यालयले भने गृहबाट कुनै निर्देशन नआएको स्पष्ट पारेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले एआइजी सरुवा रोक्न निर्देशन नआएले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

“उहाँरुको एक चरण सरुवा भएको हो । हिजो सञ्चारमाध्यमबाटै सरुवा रोक्ने कुरा थाहा पाइयो । तर, अहिलेसम्म गृहबाट केही जानकारी छैन,” प्रवक्ता कुँवरले भने ।

मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले प्रहरीका एआइजीहरुको सरुवा गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...