लामो दूरीको यातायात खोल्दै काठमाडौं उपत्यकाको निषेधाज्ञा थप्ने तयारी

499

काठमाडौं । लामो दूरीको सार्वजनिक यातायात खुला गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ ।

आज दिउँसो १ बजे काठमाडौं उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार लामो दुरीका सार्वजनिक यातायात खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुने छ । हवाई उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् ।

फेरि कोरोना संक्रमण बढ्दै गएपनि खोप लगाउने क्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा तीनै जिल्लाका प्रजिअहरु एकमत छन् । यद्यपी यसको आधिकारिक निर्णय काठमार्डौ जिल्ला प्रशासनमा आज बस्ने बैठकले टुंगो लगाउने उनले बताए ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात यसअघिबाटै चलिरहेका छन् । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...