प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : केसी

349

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताएका छन् ।

मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै कांग्रेस केन्द्रीय कार्यालयमा ४ दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई बुधबार भेटेर उनले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिए ।

पार्टीका पूर्वसांसद् रामआयोध्या यादवको नेतृत्वमा ६ बुँदे माग राखेर ४ दिनदेखि बाराका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...