माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

361

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गर्न कोटेश्वर पुगेका छन् ।

प्रधानमन्त्री देउवा केहीबेरअघि नेता नेपाललाई भेट्न कोटेश्वर गएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का यसअघि नै कोटेश्वर पुगेका थिए ।

संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बन्न एमालेका नेपाल पक्षीय २३ जना सांसद्हरुले देउवालाई समर्थन गरेका थिए ।

देउवा एमाले नेता नेपाल पक्ष, नेकपा माओवादी केन्द्र र जसपा यादव पक्षको समर्थनमा मंगलबार प्रधानमन्त्री बनेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...