एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

214

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेत न्यायोचित ढंगले वितरण नगरिएको भन्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।

आफूहरुले मुख्यमन्त्रीलाई बुधबार बिहान भेटेर १० बुँदे माग राखेको र त्यो पूरा नभएसम्म संसद् बैठक चल्न नदिने अडान एमालेको छ । मुख्यमन्त्री पोखरेललाई आज भेटेर १० बुँदे ध्यानाकर्षण गराएकाले ती माग पूरा नभएसम्म संसद अघि बढ्न नदिने एमाले सांसद् रामशरण बस्नेतले बताए ।

एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले संसद् बैठक आधा घन्टालाई स्थगित गरेका छन् ।

यसअघि २७ र २८ असारमा पनि एमालेले संसद् अवरुद्ध गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...