काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनर्दन शर्माले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्रीले आफूले अनुहार, जात, झन्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।
कर्मचारीलाई सम्बोधन गर्दै उनले भने,“मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झन्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।”
आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिनेलगायतका कारण रहेको उनले बताए ।
मन्त्रालयबाट भइरहेको कामलाई आफूले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे ।