सर्वोच्चले लोकतन्त्रलाई सही दिशामा फर्कायो : जसपा

207

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सर्वोच्चको आदेशले लोकतन्त्रलाई सही दिशामा फर्काएको निष्कर्ष निकालेको छ ।

बालकुमारीमा सोमबार बसेको कार्यकारीणि समितिको बैठकले खतरामा परेको लोकतन्त्रलाई सर्वोच्चको आदेश सही दिशमा फर्काएको निष्कर्ष निकालेको हो ।

त्यस्तै, बैठकले गठबन्धनलाई संसद्को समय बाँकी रहेसम्म निरन्रता दिनुपर्नेमा जोड दिएको छ । बैठकले सरकारमा जाने निर्णय गरेको छ । अहिले जसपाको अनौपचारिक बैठक बसेको र छिट्टै औपचारिक बैठक बसेर आवश्यक निर्णय गर्ने जसपा नेता डम्बर खतिवडाले जानकारी दिए ।

पार्टीभित्रको विवादसँगै उपेन्द्र पक्षमात्र पाँच दलीय गठबन्धनमा आवद्ध छ भने महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको एमालेलाई समर्थन गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...