काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल ऊर्जामन्त्री बन्ने भएकी छिन् ।
कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका लागि मन्त्री बन्ने माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।