प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

238

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ ।

सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् ।

सर्वोच्चको फैसला कानुनी र संवैधानिक नभइ राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । उनले केपी ओलीलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताए ।

प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारले गरेका काम तथ आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सम्बोधनको तयारी भएपनि कति बजे भन्ने तय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...